काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले हंगामा सिर्जना गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् ।
श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा मागेका छन् । उनी आफ्नो झोला बोकेर उठेर हिँडेका छन् ।
सभामुख र विपक्षी दलका सांसदहरूबीच सवालजवाफ चलेको छ ।

