नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत नियमन आयोगले आगामी दिनमा नियामकीय अभावलाई पूरा गर्दै जानुपर्ने बताएका छन् ।
बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादन प्रशारण वितरण तथा सेवा पु¥याउने कार्यमा पर्ने नियामकीय अप्ठ्याराहरुमा नियमन आयोगसँग सहकार्य गर्दै जाने आश्वास दिए ।
उनकाअनुसार आगामी दिनमा विद्युत प्राधिकरण आफैँले विभिन्न समयमा निभाउदै आएको कतिपय नियामकीय भुमिका कानूनले तोकेअनुसार प्रतिस्थापन गर्दै विद्युत नियमन आयोगबाट गरिनेछ । डेडिकेटर फिडर तथा ट्रंक लाइनको पुनरावलोकन गर्ने व्यवस्थाका सम्बन्धमा भएका व्यवस्थाहरु नियमकीय ओभर ल्याभहरु विस्तारै हस्तान्तरण गरिने उनले बताए ।
शाक्यले भने–‘डेडिकेटर फिडर तथा ट्रक लाइनको पुनरावलोकन गर्ने व्यवस्थाका सम्बन्धमा भएका व्यवस्थाहरु नियमकीय ओभर ल्याभहरु बिस्तारै ह्याण्डओभर हुँदै जानेछ ।’
ब्याट्री इनर्जी स्टोरेज सिस्टम, इलेक्ट्रिसिटि मार्केट, रिजर्भ क्यापसिटी मार्केटहरु सम्बन्धि कामहरु विद्युत नियमन आयोगले अघि बढाउनुपर्ने शाक्यले बताए । उनकाअनुसार विद्युत उत्पादन प्रशारण वितरणसँगै हालको विद्युत् ऐन र संसद्मा विचराधिन विधेयक आएपछि पनि देखा पर्नसक्ने नियमकीय निर्णय प्राधिकरणले गर्न सक्नुपर्छ ।

