शेयर बजारमा उतारचढाव आइरहेका बेला अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधिहरुबीच भेटघाट भएको छ ।
सोमवार सिंहदरबारमा अर्थमन्त्रीलाई भेट्न स्टक ब्रोकर एशोसिएशनका पदाधिकारीहरु पुग्नुभएको थियो । भेटमा उहाँहरु पुँजीबजार सुधारका लागि सरकारलाई गम्भीर हुन आग्रह गरे ।
एशोसिएशनका प्रतिनिधिहरूले विभिन्न समयमा गठित पुँजीबजार सुधार कार्यदलले दिएका तर अझै कार्यान्वयन हुन बाँकी रहेका सुझावहरूलाई तत्काल लागू गर्नुपर्नेमा जोड दिए । उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था मिलाउनुपर्ने, शेयर खरिद गरेपछि हाल कायम रहेको ६ महिनासम्म विक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने, गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने सुझाव अर्थमन्त्री वाग्लेलाई दिए। हाल शेयर हस्तान्तरण हुन नसक्दा सिधै क्लोज आउटमा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने, वि।सं। २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको सेटलमेन्ट ग्यारेन्टी फण्ड ९राफसाफ सुनिश्चितता कोष० लाई नियामक निकायमार्फत निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव पनि एशोसिएशनका प्रतिनिधिहरुले पेश गरे ।
यसैगरी, बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम कर हुनेगरी स्पष्ट पार्नुपर्ने तथा सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउन अर्थमन्त्रीसमक्ष आग्रह गरे ।
भेटमा पूर्वअध्यक्ष प्रियराज रेग्मी र महासचिव लगायतका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई सुझावहरू प्रश्तुत गरेका थिए । उनीहरुले शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका व्यक्तिहरूले गलत हल्ला फैलाइरहेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराए । उनीहरुले साना लगानीकर्तालाई आत्तिएको बताउँदै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भएपनि गोप्य राख्न आग्रह गरेका थिए ।
अर्थमन्त्री उनीहरुको कुरा सुनेपछि सरकार निजी क्षेत्रमैत्री रहेको, अपराध गरेकालाई उन्मुक्ति नहुने तर छानीछानी प्रतिशोध नहुने नीति रहेको स्पष्ट पारेका थिए । उनले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने बताए ।
मन्त्री वाग्लेले शेयर बजारमा फैलाइएको अफवाहको पछि नलाग्न सबैलाई आग्रह गर्दै नेपालको अर्थतन्त्रका लागि राम्रो दिन आउन लागेको समेत बताए । उक्त भेटलाई पुँजीबजारको वर्तमान चुनौती सम्बोधन गर्न तथा लगानीकर्ताको विश्वास जगाउने दिशामा महत्वपूर्ण मानिएको छ । स्टक ब्रोकर एसोसिएसनले आफूले दिएका सुझावहरूको तत्काल कार्यान्वयनका लागि निरन्तर पहल गर्ने समेत बताएको छ ।

