पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शासमेत भएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यो सरकार मुलुकको विकास र समृद्धिका लागि निर्माण भएकाले नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता समेटिएको दाबी गरे ।
संसदको दुई ठूला दल मिलेर गठन भएको सरकार आग्रह, पूर्वाग्रह र प्रतिशोधले ग्रसित नभएको सांसद कार्कीले स्पष्ट पारे ।
उनले मुलुकका हरेक नागरिकका साथै हिमाल, पहाड र मधेसमा बस्ने जनताले प्रत्यक्ष रुपले अनुभुत गर्ने विकासको आवश्यकतामा जोड दिए ।
उनले मुलुकमा केही हुँदैन भन्ने भाष्य संगठित रुपले अघि बढाउने प्रयास भइरहेको आरोप लगाए ।
उनले मुलुक यतिबेला ग्राइण्ड डिजाइनअन्तगर्त लोकप्रियताबादको राजनीतितर्फ उन्मुख गर्न खोजिएको आरोप लगाए ।

