हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले माओवादीहरूसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरूसँगको लडाइँ लड्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरूसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्ने बताएका हुन् ।

उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए । उनले चार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्न आवश्यक रहेको बताए । उनले त्यसैले नै आफ्नो पार्टीले सूचना तथा प्रचार प्रसार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जिकिर गरे ।

अध्यक्ष दाहालले भने ‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यसकारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरूसँग लडाइँ लड्नुपर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नुछ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नुछ । त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु ।’

अध्यक्ष दाहालले उनले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाडि बढेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार