राष्ट्रिय सभामा दुई विधेयक पेश

राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेश गरिएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पेश गर्नुभएको हो । त्यस्तै, पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पेश गर्नुभयो । विधेयक पेश गर्दै शिक्षामन्त्री भट्टराईले वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षण्मा सहयोग पु¥याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रयोगशालाको स्थापना तथा काम कर्तव्य र अधिकारका लागि कार्यकारी निर्देशक तथा कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण तथा डिएनए डाटा बैंकको स्थापना सहितका व्यवस्था प्रश्तुत विधेयकमा प्रश्तावना गरिएको समेत बताउनु भयो ।
विधेयक पेश गर्दै उहाँले भन्नुभयो, ‘जैविक वा निर्जिव वस्तु प्रमाण हुने लिखत, माल समान वा भौतिक वस्तु तथा विद्युतीय सामग्रि अथवा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परिक्षण हुने वस्तुको अनुसन्धान, विश्लेषण, तथा परीक्षण गरी न्यायिक सम्पादनमा सहयोग पु¥याउन तथा विधि विज्ञानको सन्दर्भमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा संचालन गर्न आवश्य भएको छ । प्रयोगशालाको स्थापना तथा काम कर्तव्य र अधिकारका लागि कार्यकारी निर्देशक तथा कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण तथा डिएनए डाटा बैंकको स्थापना सहितका व्यवस्था प्रश्तुत विधेयकमा प्रस्तावना गरिएको छ । वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्धारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षण्मा सहयोग पु¥याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परिक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालन गर्न आवश्यक भएकोले सम्माननीय अध्यक्षज्यूको अनुमतिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ सम्मानित सभासमक्ष पेश गर्दछु धन्यावाद ।’

पानी जहाज सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कयौं नेपाली नागरिक पानी जहाज कम्पनीहरुमा काम गर्दै आएको उल्लेख गर्दै ति कामदारहरुको तल र स्वास्थ्य परीक्षण समेट्न विधेयक ल्याइएको बताउनु भयो ।

नेपालभित्रकै विभिन्न नदि तथा तालहरुमा विभिन्न क्षमताका जलयानहरु संचालनमा आइरहेको उल्लेख गर्दै ति जलयानहरुको व्यवस्थापन र नियमन गर्ने प्रश्ताव विधेयकमा राखिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार