‘ममी’को पहिलो ‘म त यसै नक्कली’ गीत रिलिज

हरर फिल्म ‘ममी’को पहिलो गीत रिलिज गरिएको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश ‘म त यसै नक्कली’ बोलको गीत रिलिज गरेको हो।  फिल्मका मुख्य अभिनेत्रीद्वय प्रियंका कार्की र दियामा मास्के फिचर्ड डान्सिङ्ग नम्बरमा यी दुईले दमदार नृत्य गरेका छन। कोरियोग्राफर विक्रम स्वारको कोरियोग्राफीमा बनेको गीतमा गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत छ ।

माघको २५ गतेबाट रिलिज हुने फिल्मको यस अघि टिजर रिलिज गरिएको थियो जसलाई दर्शकले निकैनै साथ दिइरहेका छन।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा बनेको फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् । समर निरौलाको निर्देशन तथा समर र पूर्णिमा जोशीको लेखन रहेको फिल्ममा निशाल पौडेल र शरद महतोको छायांकन तथा सुरेन महर्जनको सम्पादन छ ।

फिल्ममा प्रियंका र दियाका साथै बोक्सीको घर फेम्ड निर्देशक सलक्षण भारतीको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा समीप निरौला, आयुषी ढकाल, घनश्याम जोशी, जेभिस श्रेष्ठ, गीत विष्टलगायतको पनि अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार