परदेशमा बसेर पनि जव घरदेशको सम्झनाले पिरोल्छ । अनि निरिह बनेर शहिदका सपनामा शाषकले गरेका वेवास्था टुलुटुलु हेरेर बस्नु पर्छ अनि जन्मन्छन् शहिद बोल्छ जस्ता श्रृजना ।

हो उनै परदेशी भुमिमा बसेर घरदेशको मायामा आफ्ना शब्दले प्रेम पोख्ने सर्जक हुन बिलोल पोखरेल । शहीद बोल्छ सार्वजानिक भए संगै गितका शब्द सुन्दा जो कसैका पनि हात गोडाका रौ ठाडा भए झै अनुभुती हुन्छ । राष्ट्रप्रेमले ओतप्रेत शहिद बोल्छ गितमा बिलोलकै संगित रहेको छ भने स्वरमा उनी संगै चेतन सापकोटा र साथीहरुको रहेको छ ।
गितको भिडियोमा संजित भण्डारी , रामबाबु हुमागाई ,दृश्य सुवेदी,अर्जुन कटुवाल र साथीहरुको रहेको छ । स्वस्तिका पन्थीको प्रस्तुतिमा तयार गितको भिडियोलाई जीवन शाहिले निर्देशन गरेका हुन भने जेनिस ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

