स्वस्तिका पन्थी । सामाजिक सेवामा अनवरत रुपमा लागीरहेको संस्था सिजल एण्ड सिस्टर संस्थाले एच आई भि संक्रमित बालबालिकाका लागी खाधान्न सहयोग गरेको छ ।
यस संस्थाका संस्थापक मेघ सुबेदीको जन्मदिनको अवसरमा सफलता एच आईभि शिक्षा सदन नामक संस्थामा रहेका आईभि संक्रमित बालबालिकाको अगाडी केक काटेर जन्मदिन पनि मनाईएको छ ।
कार्यक्रममा सिजल एण्ड सिस्टर संस्थाका नेपाल च्याप्टर अध्यक्ष , सामाजिक अभियान्ता तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
यस संस्था ले यसभन्दा अगाडि कोरोनाका समय र जाजरकोटमा गएको भुकम्पमा पनि राहत प्रदान गर्नुका साथै अन्य धेरै सहोग प्रदान गरेको थियो ।
कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे , संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारी , पत्रकार गिता अधिकारिले बालबालिकाका अगाडी आएर यस किसिमका कार्यक्रम राखिनुले बालबालिकाको आत्मबलमा थप टेवा पुग्ने बताएका थिए ।

