सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा कांग्रेस–एमालेबीच भागबन्डा

आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत दुई दलबीच भएको छ ।सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको भागबन्डामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुुटेको छ ।

कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच प्रदेश सभाका विषयगत समितिको नेतृत्व भागबण्डा गरेर लिने सहमति जुटेको हो ।दुई दलका प्रमुख नेताबीच भएको सहमतिअनुसार प्रदेश सभामा चार वटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा/एउटा समितिको सभापति लिनेछन् ।

नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति दिने गरी भागबण्डा मिलेको छ ।दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ । यो समितिलाई विभाजन गरेर विशेष समिति बनाइने स्रोतको भनाइ छ ।

प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा भने सभापति रहेका छन् । नेपाली कांग्रेसका दिवानसिंह विष्ट यो समितिको सभापति छन् भने अन्य समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन् । अब दुई दलले गरेको सहमतिअनुसार विषयगत समिति विभाजन गरेर पाँच पुर्याइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार