‘वसन्त’को सम्पूर्ण छायांकन सकियो

गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशन तथा मुख्य भूमिका रहेको फिल्म ‘वसन्त’को सम्पूर्ण छायांकन सकिएको छ। प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको फिल्मक टिमले बुधबार राती ठमेलमा इन्डकल्याप सट सुट गरेको हो।

३८ दिने छायांकनको योजना बनाएर फ्लोरमा निस्किएको टिमले समयमै छायांकन सकाएको हो। बागलुङ, काठमाडौं, वीरगञ्ज, हेटौंडा र पथलैयामा छायांकन गरिएको फिल्मको प्रचार सामाग्री भने अर्को महिना देखि दर्शक माझ ल्याउने जानकारी दिएको छ।

चैत २२ देखि प्रदर्शन हुने फिल्ममा सपुतक साथै स्वस्तिमा खड्का, प्रभात पल, किरण केसी, खड्गबहादुर पुन (खबपु) लगायतको अभिनय रहेको छ। फिल्मले मुख्यत २०६२/०६३ पछिको नेपाली समाजको बहुआयामिक कथा पेश गर्ने जानकारी निर्माण टिमको रहेको छ।

‘वसन्त’मा सपुतकै लगानी र संगीत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार