यू-१९ महिला एसिया कप : वर्षाले खेल रोकियो श्रीलंका र नेपालले अंक बाँडे

मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

खेल स्थगित भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् ।

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले स्थगित भएको हो ।

नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अङ्क बाँडेका थिए ।

रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार