‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति तय

९ बर्ष अघिको सुपरहिट फिल्म ‘रेशम फिलिली’को सिक्वेल फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले फिल्मको अफिसियल पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेट फिक्स गरेको हो। अब भने फिल्म आगामी फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुने भएको छ।

सार्वजनिक अभिनेता पोस्टर विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ। पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन् । अभिनेता श्रेष्ठ भने पहिलो सिरिज ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन्

रौनक विक्रम कडेलको लगानीमा बनेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।

सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मको सह-निर्माताको रुपमा एनी थापा छन् । फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार