नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेल हेर्न टीयू मैदानमा बिहानै दर्शकको उल्ल्ख्य उपस्थिति छ ।
अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल भएकोले बिहानै टीयू मैदान दर्शकले भरिएको हो ।पहिलो खेलमा अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरूद्ध दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरिरहेको छ ।
यो खेल हेर्न बिहानै करिब ८ हजार भन्दा बढी दर्शक उपस्थित भइसकेका छन् । दर्शक आउने क्रम अझै जारी छ ।

