चितवन विरुद्ध पहिले बलिङ गर्दै कर्णाली

पाल प्रिमियर लिग एनपीएलमा आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजको छ ।

लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ । कर्णाली यसअघिका दुवै खेलमा पराजित भएको थियो ।कर्णाली याक्स प्लेइङ ११ स् शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी ।

चितवन राइनोज प्लेइङ ११ स् दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार