नेपाल र चीन प्राचीन ज्ञानको भूमि :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन्।

चीनको चार दिने भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री ओलीले बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो।’

उनले महान् दार्शनिक र ऋषिहरूको शिक्षाले पुस्तालाई प्रेरित गरेको उल्लेख गर्दै त्यसले संसारभरका धेरै जीवनहरूलाई प्रभाव पारेको बताए।

ओलीले संसारको यस क्षेत्रमा धेरै महान सभ्यताहरू हुर्केको उल्लेख गरे। ‘ती सभ्यताहरूको महानता हाम्रो समाजको कहिल्यै नटुट्ने जग हो। र, ती सभ्यताहरू अझै पनि आधुनिकतातर्फको हाम्रो यात्रामा प्रतिध्वनित छन्,’ ओलीले सम्बोधनको क्रममा भने, ‘हाम्रो क्षेत्रमा समर्पण र लगनशीलताको धनी छ । हाम्रा पुर्खाहरूले ती विशेषताहरूमा निर्माण गर्न सक्षम थिए। र, प्रगति हासिल गरे । जबकि बाँकी संसार अझै आध्यारो छाया र गहिरो निद्रामै थियो।’उनले हाम्रा पुर्खाहरु विचारकहरू मात्र नभएर आविष्कारक र दूरदर्शी रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरे। उनले भने , ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु।’

उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार