काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छmफल गरेका छन् ।
खड्का निवास गोल्फुटारमा मध्यान्ह साढे १२ बजेसम्म शिर्ष तीन नेताहरुबीच कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिएका छन् ।
विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो ।

