दिनेश काफ्लेले कमेडी रियालिटी शो ुमिमिक्री किङु निर्देशन गर्ने

नयाँ कमेडी रियालिटी शो ुमिमिक्री किङु दर्शकमाझ आउने भएको छ।

कमेडियन दिनेश काफ्लेको कन्सेप्ट तथा निर्देशन रहने टेलिभिजन शोमा क्यारिकेचर कमेडियनहरू सहभागी हुन सक्ने जनाइएको छ।

दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ।

निर्देशक काफ्लेका अनुसार शो आगामी फागुनसम्ममा प्रसारणमा ल्याउने तयारी छ। शोको डिजिटल राइट्स ओएसआर डिजिटलले लिएको छ।

अहिले स्टुडिओको काममा छौं। शो आइरहेका भन्दा विल्कुलै फरक हुनेछ,ु काफ्लेले भने, ुसबै तयारी सकेर छिट्टै डिजिटल अडिसन खुलाउने छौं।ु

 

शो विसुद्ध मिमिक्रीमा आधारित रहनेछ। नेपालका लागि नौलो र रमाइलो फ्म्र्याटमा शो ल्याउन लागेको काफ्लेले बताए।

उनका अनुसार शोमा तीन निर्णायक हुनेछन् भने एक मिमिक्री कोच छुट्टै हुनेछन्।

काफ्लेले भने,मिमिक्रीसँगै अभिनय गर्नेहरूलाई लक्षित गरेर निर्णायक टिम बनाउने छौं।ु

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार