सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न पर्सा प्रहरीको अपरेशन

सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।

पर्सामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्न नियमित रूपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका १५ करोड १८ लाख रुपैयाँ पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

यसमा भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटर पार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान, बिलबिजक नभएका सामान, काठ, गाँजा तथा अन्य लागूऔषध रहेका छन् ।

सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा भने ३४ करोड २७ लाख ७८ हजार रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार