कीर्तिपुरमा एकै स्वरमा गुञ्जदैछन् कर्मा र कुटुम्ब

मङ्सिर २२ गते शनिबार ‘एकै स्वरमा कीर्तिपुरमा’ वृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब सांगीतिक समूह एक साथ गुञ्जिने भएका छन्।

कीर्तिपुर नगरपालिकाको प्रवर्द्धन र आदि ग्रुप प्रा।लि।को कार्यक्रम व्यवस्थापन तथा प्रवर्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा वृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिएका छन्।

कर्मा व्याण्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको सांगीतिक इतिहासलाई जीवन्त बनाएको व्याण्ड हो। कर्माले नेपाली गीतसङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली सांगीतिक परम्परालाई विश्वव्यापी बनाएको छ।​ कन्टर्समा कर्मा व्याण्डका सांगीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले।।।’, ‘मौनता।।।’, ‘को हौ तिमी।।।’ लयायतका दर्जन भाकाहरू गुञ्जिने छन्।

कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज ब्रजाचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसन रहनेछ।

कुटुम्ब सांगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको सांगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ। समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मष्तिस्क कब्जा गर्ने छन्।

कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ। कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ।

कन्टर्समा कर्मा व्याण्डसँगै कुटुम्बको अभूतपूर्व सांगीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ। कीर्तिपुरको सांस्कृतिक, सांगीतिक माहोललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको प्रवर्धन गर्दै स्रोता दर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवम् आशावादी धुनले झङ्कृत गर्ने छ।

कीर्तिपुर नगरको सांगीतिक र सांस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवापुस्ताको ऊर्जा र सांगीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवम् असहाय बालबालिकाको पढाइमा सघाउने उद्धेश्यसहित गैरनाफामूलक कार्यक्रम गरिएको हो।

ल्याबोरेटरी माविको प्राङ्गणमा तय गरिएको वृहत् कन्सर्टले १५ हजार बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखेको छ। डिजिटल माध्यमबाट मुलुकबाहिरका लाखौँ नेपाली मनले मज्जा लिने अनुमान एएस्क्युले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार