२४ घण्टामा डेढ करोड सहयोग उठेपछी साम्बा भन्छीन – “अब खर्च पुग्यो सहयोग रोक्नुहोस”

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि झन्डै डेढ करोड रुपैयाँ संकलन भएको जानकारी गराएकी छन् । सार्वजनिक आह्वान भएको २४ घण्टाको अवधिमै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी गराएकी छन् ।

छोटो समयमै यति धेरै सहयोग जुटेपछि उनले मंगलबार सामाजिक सञ्जालमा भनेकी छन्, ‘आज धन्यवाद शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रूपमा त यहाँहरूले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।’

खेलाडीका रूपमा आफूले आजसम्म कमाएको सबैभन्दा ठुलो सम्पत्ति पैसा र उपाधि नभई यो माया, भरोसा र समर्थन भएको कुरा बुझेको समेत उनले बताएकी छन् । उनले आफ्नो उपचारका लागि पुग्ने रकम जम्मा भएको भन्दै आजदेखि नै दुवै अकाउन्टमा सहयोग रकम नगर्न आग्रह गरेकी छन् । उनी घुँडामा रहेको गम्भीर चोटको कतारमा उपचारको तयारीमा छिन् ।

सम्बन्धित समाचार

ताजा समाचार