आज देखि नेपाली नयाँ वर्ष २०८३ को सुरुवात,पशुपतिमा दर्शनार्थीको चहलपहल

-नेपाली नयाँ वर्ष २०८३ को पहिलो दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। नयाँ वर्षको सुरुवात शुभ बनाउने विश्वासका साथ श्रद्धालु बिहानैदेखि मन्दिर पुगेर पूजा–आराधना गरेका छन्।नयाँ वर्षको अवसरमा देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने परम्परा रहँदै आएको छ।

बिहान स्नान गरी मन्दिर गई पूजा गर्ने र घरघरमा मिठा परिकार बनाएर परिवारसँगै नयाँ वर्ष मनाउने चलन अझै कायम छ।नयाँ वर्षको पहिलो दिन मन्दिरमा दर्शन गर्दै शुभकामना आदानप्रदान गर्ने र सकारात्मक सोचका साथ वर्षको सुरुवात गर्ने नेपाली समाजको पुरानो परम्परा हो।

सम्बन्धित समाचार

ताजा समाचार