गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मुस-सुन्तलीको दुःख हट्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताएका छन् ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नयाँ काम सुरु गरिएको र काम सुरु गरेपछि बनेर छोड्ने बताए । उनले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन सुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताए । उनले क्रिकेट मैदान बनेसँगै उनीहरूको दुःख हट्ने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘आज हामीले नयाँ काम थालेका छौँ । यसलाई सफल बनाउनुपर्नेछ । थालेपछि सफल हुन्छ । मैले गाह्रो छ, बाबुनानु त्यहाँ नथाल न, भन्दाभन्दै धुर्मुस—सुन्तलीले क्रिकेट मैदान सुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरूको दुःख कष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो । यति ठूलो काम आँटियो ।’

प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम सुरु गरेको र एकदिन सफल हुने बताए ।

सम्बन्धित समाचार

ताजा समाचार