प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबिच छलफल

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबिच छलफल

हिजोराति अबेरसम्म सुरक्षा प्रमुखहरूसँग छलफल गरेका गृहमन्त्री सुधन गुरुङले आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग छलफल गर्न पुगेका छन् ।

गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

करिब २० मिनेटयता दुई जनाबिच छलफल भइरहेको छ’,मन्त्री गुरुङका एक सहयोगीले भने, ‘हामीलाई ठ्याक्कै छलफलको विषय त थाहा हुने कुरा भएन तर शान्ति सुरक्षा र सुशासनकै सवालमा छलफल भएको हुनुपर्छ ।

यसअघि हिजो मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।

बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै मन्त्री गुरुङको आलोचना भइरहेको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार