एनपिएलः चितवन राइनोजका रवि बोपाराको अर्धशतक

नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा चितवन राइनोजका ओभरसिज खेलाडी रवि बोपाराले अर्धशतक प्रहार गरेका छन् । चितवन राइनोजले अनुबन्ध गरेका बोपारा इङ्ल्यान्डका खेलाडी हुन् ।

बोपाराले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनी ३८ बलमा ५१ रन प्रहार गरी आउट भएका छन् ।

बोपाराले कप्तान कुशल मल्लसँग गरेको ६८ रनको साझेदारीले चित्वन राइनोज सम्मानजनक स्कोरतर्फ अगाडि बढेको छ । अहिले १६ ओभरको खेल सकिदा चितवन ६ विकेट गुमाएर १३५ रनको स्थितीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार