अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ ।त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा।डा। दिपक अर्याल र रजिस्ट्रार प्रा।डा। केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो । त्रिविका अधिकारीहरू विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गर्छन् ।
अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासन लगाएको आरोप लगाएको छ ।मानविकी संकाय अन्तर्गतका चारवटा सेल्फ–सस्टेन प्रोग्राम केन्द्रीय विभागमा ल्याएपछि सहमति अनुसार शुल्क समायोजन नभएको उनको भनाइ छ । त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकन गर्न कार्यदल गठन भइसकेको छ ।मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीको माग छ ।

