बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो ।गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।
घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको उनले जानकारी दिए ।बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।

