सुरक्षा निकायहरुको लागि पूर्वाधार निर्माण गृहको प्राथमिकतामाः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माण मन्त्रालयको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएकन हुन । गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माण गर्न ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी दिए । उनले सुरक्षा निकायहरू न्युन स्रोत र साधनमा काम गरिरहेकाले संरचना सुदृढीकरण अपरिहार्य भएको बताए ।

प्रहरी चौकी निर्माण, बिओपी निर्माण तथा इलाका प्रशासन कार्यालयहरु थप गर्नुपर्ने मागहरु आएको र साहीअनुसार मन्त्रालयले प्राथमिकिकरणका आधारमा काम गर्दै जाने मन्त्री लेखकको भनाइ छ । उनले राज्यलाई आर्थिक व्ययभार पर्ने भएकाले सबै माग तत्काल सम्बोधन सकिने पनि स्पष्ट पारे ।

मन्त्री लेखकले सुरक्षा निकायमा सरुवा र बढुवालाई व्यवस्थित गर्न पनि कानूनी सुधारको खाँचो रहेको उल्लेख गर्दै त्यसका लागि सम्बन्धित विधेयक संसदमा पेश गरिएको जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधार बनाउँदै लैजाने कार्यलाई समेत अघि बढाइएको बताए ।

 

सम्बन्धित समाचार

ताजा समाचार