आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाइएको छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको बताएक छन् ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन शिर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुब्बाले यस्तो बताएका हुन । उनले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने स्पष्ट पारे । मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रुपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालिन सोच अगाडि बढाएको समेत स्पष्ट पारे । सुशासन र विद्युतीय शासन प्रबद्र्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले बजेटमा विनियोजित बजेट मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित छ वटा क्षेत्रमा आधारित रहेको जानकारी दिए ।


मन्त्री गुरुड.ले मन्त्रालय सम्बद्ध विषयहरुको कार्यान्वयन र तोकिएका सूचकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरी सोहीअनुरुप अगाडि बढ्ने स्पष्ट पारे ।

 

सम्बन्धित समाचार

ताजा समाचार