सांसद कार्कीको आरोप- मन्त्रीज्युहरु आएर संसदमा भिडियो गेम खेलेर बस्छन्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरु संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो अरोप लगाएकी हुन् । उनले संसद ढाँट्ने थलो रहेको महशुस भएको बताइन् ।

उनले संसद आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद जत्तिको निरस ठाउँ अरु नरहेको बताइन् । उनले बोल्ने तर बोलेका कुराहरु नसुन्ने ठाउँ संसद रहेको भन्दै सरकारले जनतालाई सांसदहरुमार्फत ढाँट्ने गरेको बताए ।

मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको बताए ।

सांसद कार्कीले सरकार निरंकुश भइरहेको बताइन् । संविधानको धारा २७० निलम्वित भएको हो ? भन्दै प्रश्न गरिन् ।

सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गर्नुभयो । संसदीय व्यवस्थालाई पुनःविचार गर्नुपर्ने समय आएको बताइन् ।

सम्बन्धित समाचार

ताजा समाचार