गभर्नरबारे मन्त्रिपरिषद् बैठक अनिर्णीत

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे मन्त्रिपरिषद् बैठक अनिर्णीत बनेको छ । एक मन्त्रीले बिहीबारको बैठकमा गभर्नर नियुक्तिबारे कुनै निर्णय नभएको बताए ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सत्तारुढ प्रमुख दुई दलका नेताहरूबिच छलफल भएको थियो । उक्त छलफलपछि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुने अपेक्षा गरिए पनि प्रस्ताव नै नगएको ती मन्त्रीको भनाइ छ ।

बैठकले दैनिक प्रशासनिकलगायतका सामान्य निर्णय मात्रै गरेको उनको भनाइ छ । बैठक बिहीबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार