नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले ओपिडी सेवा नखुम्च्याउन आग्रह गरेका छन्।
सातामा २ दिन सार्वजनिक बिदामा ओपिडी सेवा रोकिन्छ।
‘केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ। सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ,’ उनले भने।
विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा आफूहरूले विभिन्न काम गरेको उनले उलेलेख गरेका छन्।
अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनको भनाइ छ।
सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू थालनी गरिएको उनले स्मरण गरेका छन्।

