जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरूको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले सत्तामा गएकाहरूले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाथि खतरा बढेको बताए ।

उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरू मिलेर गर्नुपर्ने समेत बताए । उनले सत्तामा बसेकाहरू नै भ्रष्टाचारमा लिप्त र व्यवस्था विरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ ।

उनले भने, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नै नगरिदिने । ०४६ सालको कुरा भन्नुस्, २०६२/०६३ सालको कुरा भन्नुस् । अहिले पनि हजारौं शिक्षकहरू सडकमा छन् । चारैतिरबाट जुन लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ यसमा हामी सबै मिलेर समाधान गर्ने हो । हामी आफूले भ्रष्टाचार गरेका छौं, लोकतन्त्र र गणतन्त्र विरोधी आचरण गरिराखेका छौं भने जनताई कसरी तपाईँहरूले सम्झाउन सक्नुहुन्छ ? आफ्नो साथमा भएकाहरूले भ्रष्टाचार गरे पनि लुटेपनि केही नहुने त्यसभन्दा बाहिरकालाई कारबाही हुने कुरा त जनताले हेरिराखेको छ नि ।’

उनले अहिले पनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताए । उनले त्यही हो तपाईँहरूले संघीयता ल्याएर स्विट्जल्याण्ड बनाएको नेपाल ? भन्दै प्रश्न समेत गरे ।

सम्बन्धित समाचार

ताजा समाचार