राष्ट्रिय सभामा माओवादी सांसदले भनेः सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्छु

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।

आईतवारको सभाको बैठकमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुने जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले संसदमा बोलेका कुराहरुको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने उहाँको चेतावनी थियो ।
उहाँले भन्नुभयो, ‘संसदमा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईंको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’
उहाँले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताउनु भयो । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार