दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको छः रास्वपा प्रमुख सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तेष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यले संविधान विपरित हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताउनु भयो । उहाँले दलितमाथि भइरहेको अत्याचार र दमन अन्त्य गर्नको लागि आवश्यक कानून बनाउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले व्यववस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दा समेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताउनु भयो । उहाँले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गर्नुभयो ।
उहाँले भन्नुभयो,‘विगत पैँतिस सय वर्षदेखि दलितहरुलाई मान्छे हुन नदिएको र गैरदलितहरुलाई चेतनशील मान्छे हुन नदिएको जात व्यवस्थाको कुरा राख्दैछु सभामुख महोदय । यो सदनमा सबै सम्मानित नेताहरु हुनुहुन्छ । माक्सवादी आन्दोलनबाट खारिएर आएका नेताहरु हुनुहुन्छ । तर यो राज्य संविधान मान्दैन । दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ विछिप्त बनाउँछ । राज्यले अन्याय गर्छ सभामुख महोदय । राजनीतिक पार्टीहरुसँग त हाम्रो विश्वास टुटिसक्यो । दलितमाथि हरेक वर्ष भइरहेको अन्याय र हत्याको विरुद्ध कानून बनाएर ठोस कदम चाल्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हामीेले व्यवस्था परिपर्वतन ग¥यौं, संविधान बनायौं तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरु घरबास उठिवास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरु र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने ?’
दलितलाई मान्छे हुन नदिनको लागि राज्यका संयन्त्र र संस्थानहरु नै लागिपरेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार