रास्वपाले लोकतन्त्रको आधार हल्लाउने गन्धको रुपमा काम नेकपाको टिप्पणी

काठमाडौं । प्रदेश सभा खारेज गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनको आलोचना भएको छ । नेपाली कम्युनिस्ट पार्टीले यसलाई लोकतन्त्रको आधार हल्लाउने गन्धको रुपमा टिप्पणी गरेको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएका हुन् ।

उनले भनेका छन्, ‘सभापतिको प्रस्तावमा नआइ अनय विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधिबीच छलफल समेत नभइ पारित भएका भनिएका केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको प्रति हामी सचेत छौं ।’

संसदीय निर्वाचनमा सानो र ठूलो हुन सकिने भए पनि एजेण्डाको सन्दर्भलाई ख्याल गर्न उनको आग्रह छ । गणतन्त्र हल्लाउने सन्दर्भमा केही नसोच्न उनको चेतावनी छ ।

सम्बन्धित समाचार

ताजा समाचार