मुलुकमा एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयत्न हुँदैछः रेशमलाल चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको बताउनु भयो । उहाँले अमेरिका र भारत दुई दल भएर मात्र विकसित नभएको उल्लेख गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने बताउनु भयो । नयाँ शक्तिहरु लोकतन्त्रको गहना भएको उहाँका भनाइ छ ।
उहाँले भन्नुभयो, ‘तपाई हामीले नेपाल जोगाउने, नेपाल बताउने, नेपालभित्रै हलो जोत्ने र साच्चिकै सुन्दर नेपाल बनाउने परिकल्पना गर्नुपर्छ । धेरै भयो क्या । आजभोलि त दुई दलीय मात्र भन्छन् । दुई दलीय भन्नेलाई इतिहास के हो थाहै छैन । हामी त जान्छौं । अमेरिकामा दुई दल मात्रै छन् त ? भारतमा दुई दलमात्रै छन् ? हामी त लोकतन्त्रका सुन्दर गहना हौं । यिनीहरुले बोल्नै दिँदैनन् । अहिले हामी बोल्न जान्नेलाई हटाएर दुई दल मात्रै भन्दैछन् । साच्चिकै एकात्मक शासन व्यवस्थाको शुरुवात गर्ने प्रयत्न हुँदैछ । यो जालो च्यात्नुपर्छ ।’

उहाँले नयाँ शक्तिहरु मिलेर सुन्दर नेपाल बनाउने परिकल्पना गरी अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार