प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने शक्ति कसैसँग छैनः टर्कीका राष्ट्रपति

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाट विस्थापित गर्ने शक्ति कसैसँग नरहेको बताउनुभएको छ । एर्दोगानले तीन राष्ट्रको एशिया भ्रमणको लागि प्रस्थान गर्नुअघि इस्तानबुल अतातुर्क विमानस्थलमा पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो । गाजाजावासीहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निष्कासन गर्ने शक्ति कसैसँग नरहेको उहाँको भनाइ थियो । गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलम सबै प्यालेस्टिनीहरूको भएको बताउनु भयो ।

ट्रम्प र नेतान्याहू दुवैको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको छ । धेरै देशहरूले प्यालेस्टिनीहरूलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने कुरालाई अस्वीकार गर्ने र दुई–राज्य समाधानको लागि समर्थन गर्ने आवाज उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार