रास्वपा सांसद अर्यालको चेतावनीः सभापति लामिछानेमाथिको सरकारको रवैयाको मूल्य चुकाउनुपर्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाउनु भयो । उहाँले चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी निुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो की भन्ने महशुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस् । प्रतिनिध सभाको नियमावली २०७९ को नियम १४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहन्छु । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न मान्य सभामुख महोदयसँग् माग गर्दछु ।’
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार