स्वस्तिका पन्थी । नेपाली कांग्रेशको आन्तरिक सुधारका लागी आयोजना भएका कार्यकर्ता भेटघाटमा केन्द्रीय सदस्यहरु व्यस्त देखिएका छन् । १०० दिने अभियानमा लमजुड. जिल्लामा खटिएका केन्द्रीय सदस्य लमजुड.को उक्त सेड्युलको लगभग बिट मार्ने समयमा पुर्वी नेपालका कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका छन् । शालिन र भद्र स्वभावका राजनैतिक व्यक्तित्वका रुपमा कार्यकर्ताले मनन गरेका सत्तार बर्दीया जिल्ला पुग्दा कार्यकर्तामा केही आशाका लहर पलाउन थालेको कार्यकर्ताले बताएका छन् ।
सांगठनिक रुपमा अब्बल रहे पनि बर्दीया जिल्लामा चुनावी परिणाम आसातित हुन नसकेकोमा सत्तारले ध्यानाकर्षण गराएका छन् । त्यस्तै पार्टीका भातुसंस्था र शुभेच्छुक संस्था बिच सम्बन्ध चिसिन नहुने बताएका छन् , लामो समय शुभेच्छुक संस्थाको बिभाग सम्हालेका सत्तारले भातृ संस्था,शुभेच्छुक संस्था र पार्टीको अन्योन्याश्रीत सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

जिल्ला कार्यसमिति बर्दीयाले आयोजना गरेको नेपाली कांग्रेश केन्द्रीय सदस्यहरु संगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारले उक्त कुरा बताएका हुन । उक्त कार्यक्रममा पुर्व मन्त्री डाक्टर नारायण प्रसाद साउद केन्द्रीय समस्यहरु डा. डिला संग्रौला पन्त र चम्फा खड्काले पनि केन्द्र देखि कार्यकर्ता सम्मको खाडल पुर्नु पर्नेमा जोड दिएका थिए ।

