रावलका जवाफ नदिए ०८४ मा नेकपा एमाले ‘पतन’ हुने दाबी

नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका हुन् ।

उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ ।

‘…अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ,’ रावलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार