साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ रहेकोमा आज ४ हजार २४० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार