राप्रपाका वरिष्ठ नेता थारुको निधन

काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता फत्तेसिंह थारुको ८८ वर्षको उमेरमा निधन भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उनको आज निधन भएको हो।

नेपालगन्जका परिचित सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित थारुले पञ्चायतकालदेखि प्रजातन्त्र पुनःस्थापनापछिसम्म विभिन्न समयमा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। लामो राजनीतिक यात्रामा सक्रिय भूमिका निर्वाह गरेका उनी पछिल्ला वर्षहरूमा भने सार्वजनिक जीवनबाट केही टाढिएका थिए।

थारुले राजनीति मात्र होइन, आफ्नो क्षेत्रको सामाजिक गतिविधिमा पनि उल्लेखनीय योगदान दिएका थिए।

 

सम्बन्धित समाचार

ताजा समाचार