काठमाडौं । सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट नहुँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार इन्टरनेट बिग्रिँदा अहिले प्रतिनिधिसभा बैठक लाइभमा अवरोध भएको हो ।
बिहानैदेखि इन्टरनेट बिग्रिँदा अहिले लाइभ हुन सकिरहेकोे छैन् । इन्टरनेट बन्ने वित्तिकै लाइभ हुने गिरिले बताएका छन् । अहिले प्राविधिकहरुले बनाइरहेको गिरिले जनाकारी गराएका छन् ।

