सुनको भाउ १४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेरे २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो । मंगलवारदेखि लगातार घटेको सुनको भाउ शुक्रवार र आइतबार बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार ३ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार