काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय अन्तर्गतको विभिन्न महाशाखाहरुको कामबारे सांसदहरुलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो।
विधेयक र कानुन निर्माण प्रक्रियाबारे तोयानाथ अधिकारीले सांसदहरुलाई प्रशिक्षण दिनेछन्। त्यस्तै संसदीय समिति प्रणाली र संसदीय निगरानीबारे सचिवालयका पूर्वसचिव ध्रुवराज घिमिरेले प्रशिक्षण दिनेछन् भने संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे संसद सचिवालयका पूर्वसचिव भरतराज गौतमले प्रशिक्षण दिनेछन्।
दुई दिने प्रशिक्षण कार्यक्रम सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ।

