काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ कायम गरेको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले अब १ प्रतिशत मात्र आयकर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।
सरकारको यो निर्णयले न्यून तथा मध्यम आय भएका करदातालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

