मानव अधिकार आयोगको सिफारिसपछि रास्वपाका १५ सांसद छानबिनमा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदमाथि अनुसन्धान तथा कारबाहीको सिफारिस गरेको छ।

आयोगले घटनाका क्रममा उनीहरूको भूमिकामाथि छानबिन आवश्यक रहेको निष्कर्ष निकाल्दै सम्बन्धित निकायलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सुझाव दिएको हो।

प्रतिवेदनमा नाम उल्लेख भएका सांसदहरूमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा। तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ, आशिका तामाङ, शोम शर्मा र हरि ढकाल रहेका छन्।

आयोगले उक्त घटनासँग सम्बन्धित गतिविधिमा संलग्नताको विषयमा थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार