एक हप्ताभित्र प्रधानमन्त्री बालेन संसदमा आउने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र साहलाई एक हप्ताभित्र संसदमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

सभाको मंगलवारको बैठकमा बोल्दै सत्तरुढ दलका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफूले प्रधानमन्त्री शाहको सचिवालयसँग कुराकानी गरेको उल्लेख गर्दै संसदको अवरोध खुलाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यु सदनमा आउनुहुन्छ । सम्भवतः अबको एकहप्ताभित्रै प्रधानमन्त्रीज्यू संसदमा आउने कुरा जानकारी गराउन चाहन्छु ।’

तर प्रतिपक्षी दलहरुले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार