संसद्‌मा विपक्षीको खैलाबैला, उठेर गरे विरोध

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।

त्यसपछि सभामुखले बोल्न समय दिए । त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने आग्रह गरे । प्रधानमन्त्री केहीबेर मार्त्र भएपनि संसद्मा आएर रोष्ट्रममा उभिएर बोल्नुपर्ने उनको आग्रह छ ।

श्रम संस्कृति पार्टीका आरेन राइले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताए । आगामी पुस्तालाई के सन्देश दिने भनेर सबैले ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

सम्बन्धित समाचार

ताजा समाचार